कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

अछाममा विनोदको न्यायकालागी आन्दोलन: आज जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको न्यायको माग गर्दै आन्दोलन गरिएको छ । शाहीको हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालयमा आफन्तजनले किटानी जाहेरी गर्दा समेत आरोपितलाई पक्राउ नगरेको भन्दै ४ वटा राजनीतिक दलहरूले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गरिसकेका छन् ।

बिज्ञापन

चार राजनीतिक दलद्धारा प्रशासन घेराउ देखी चरणबद्ध आन्दोलन गर्ने बताएका छन्।पंचदेवल विनायक नगरपालिकामा पर्दशन सहित कोण सभा गरिएको छ ।आन्दोलनका कार्यक्रम अनुसार विनायकको विद्यामन्दिर माद्यामिक विद्यालयबाट प्रदर्शन सुरु गरि पंचदेवल बजारमा कोण सभा गरिएको बताईएको छ ।प्रदर्शनका क्रममा उनीहरूले हत्यारालाई कार्वाहि गर ,किटानी जाहेरी दर्ता भएकालाई पक्राउ गर,स्थानीय सरकार मुर्दावाद लगायतका नाराबाजी गरेका थिए । नाराबाजीका क्रममा प्रदर्शनका क्रममा नगर प्रमुख,सिडियो,डिएसपी विरुद्ध समेत नाराबाजी गरेका थिए।

नेकपा माओवादी केन्द्रका अमर बि.क र नेकपा (विप्लव) का सर्जन धामीले कोण सभा कार्यक्रममा विनोदको हत्या भएको दाबी गर्दै किटानी जाहेरी दर्ता गरिएका व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरि अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए।आन्दोलनका कार्यक्रम अनुसार आज असार ३ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने,४ गते जिल्ला प्रशासन कार्यालयमा अनसन सुरु गर्ने र ५ गते सिटी र्याली गर्ने कार्यक्रम गर्ने कार्यक्रम रहेको मृतकका दाइ तथा नेकपा एमालेका नगर कमिटी सचिव बखत बहादुर शाहीले जानकारी दिएका छन् ।

बिज्ञापन

वैशाख ३० गते सम्पन्न निर्वाचनको बिषयमा जेठ १७ गते नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानको कुच्चिमा विवाद भई प्रहरी गाउँमा पुग्दा बेपत्ता भएका १६ वर्षीय विनोद जेठ २१ गते नजिकैको कुच्ची भिरको खोँचमा मृत भेटिएका थिए ।बेपत्ता भएको ५ दिन पछि भिरमा मृत भेटिएका विनोदको कांग्रेस कार्यकर्ताले हत्या गरेको आफन्त तथा अन्य राजनीतिक दलले आरोप लगाउँदै आएका छन् ।विनोदको हत्या भएको दाबी सहित आफन्तले जेठ २१ गते देखी नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण नगरबाट प्रदान हुने सेवा तथा सुविधाबाट आम नागरिक वञ्चित भई रहेका छन्।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0