कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

अटो र मोटसाइकल ठोक्किँदा ४ जना घाइते

Facebook
Twitter
WhatsApp

कैलालीमा अटो र मोटसाइकल ठोक्किँदा ४ जना घाइते भएका छन्।

बिज्ञापन

जिल्लाको घोडाघोडी नगरपालिका-१ सुखडस्थित पेट्रोल पम्प नजिक पूर्वबाट पश्चिमतर्फ गइरहेको से१ह २३१७ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको लु७२प ६२६० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले बताएको छ।

मंगलबार राति भएको दुर्घटनामा अटो चालक बर्दगोरिया गाउँपालिका-१ बहुनियाका २७ वर्षीय पदम रोकाया, मोटरसाइकल चालक गौरीगंगा नगरपालिका-९ का २५ वर्षीय इन्द्रबहादुर चौधरी, सोही ठाउँकी १९ वर्षीया रेनू परियार र कञ्चनपुरको महाकाली नगरपालिकाका २४ वर्षीय विनोद दमाई घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बिज्ञापन

मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि कोहलपुर लगिएको र बाँकी सबैको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0