कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

अत्तरीया कैलालीमा यातायात व्यवसायीद्धारा चक्काजाम

Facebook
Twitter
WhatsApp

कैलाली। कैलालीको अत्तरियामा यातायात मजदुरहरुद्धारा चक्काजाम गरिएको छ। ट्राफिक प्रहरीले सडक किनारामा रोकिएको बसलाई जरीवाना गरिएको भन्दै यातायात मजदुरहरुले सडकमा चक्काजाम गरेका हुन ।

बिज्ञापन

काठमाण्डौं महेन्द्रनगर रुटको म १ ख ९१० नम्बरको बसलाई जरिवाना कटाउँदा बस चालक र प्रहरी बिच बिवाद भएको थियो।सडक किनारामा रोकिएको बसलाई जरिवाना कटाउँदा विवाद भएपछि केही यातायात मजदुरहरुले सडकमा चक्काजाम गरेका थिए। त्यसपछि बिवाद भएको थियो ।

बिवाद भएपछि प्रहरीले सवारी चालक श्याम राज जोशीलाई पक्राउ गरेपछि अन्य यातायात व्यवसायीहरुले सडकमा गाडी तेर्छो पारेर चक्काजाम गरेका थिए । सवारी मजदुर रमेश भट्टले सडक किनारामा रोकिएको गाडीले गल्ती स्विकार गरेर जरिमाना तिर्न तयार हुँदा पनि पक्राउ गरिएपछि सडक अवरुद्ध गरेको र आन्दोलनमा उत्रिएको यातायात व्यवसायीहरुले बताएका छन्।

बिज्ञापन

प्रहरीले भने जरिवाना काट्न खोज्दा अटेरी गरेपछि पक्राउ गरिएको बताएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रवक्ता दान बहादुर रोकायाले अहिले दुवै पक्ष बिच छलफल भइरहेको र सवारी आवागमन सुचारु भइसको बताए |

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0