कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

अदालतको फैसला नायकले रियल लाइफमा पनि नायकीपन कायम गर्न सक्नुपर्छ

नवलपुर जिल्ला अदालतले पल शाह प्रकरणमा आफ्नो फैसलामा स्टारडमको गलत प्रयोग पनि अपराध जस्तै भएको बताएको छ ।

बिज्ञापन

बिहीबार जारी फैसलाको पूर्णपाठमा ‘आफूप्रति कोही नजिक हुन र आफ्नो पब्लिक फिगरको कारणले फ्यान बन्न खोज्यो भन्दैमा आफ्नो रिल लाइफको क्रेजलाई वास्तविक जीवनमा गलत रुपले प्रयोग गर्नु हुँदैन’ भन्दै पल शाहले स्टारडमको गलत प्रयोग गरेको बताएको छ ।

गत भदौ २१ गते नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कारको कसुरमा पल शाह भनिने पूर्ण विक्रम शाहलाई सफाई दिँदै बाल यौन दुरुपयोगमा दोषी ठहर गरेका थिए । शाहले नाबालिकालाई जबरजस्ती करणी गरेको नभई अन्य यौनजन्य अस्वभाविक व्यवहार गरेको भन्दै बाल यौन दुरुपयोगमा दोषी ठहर गरेका थिए ।

बिज्ञापन

न्यायाधीश आचार्यले बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै शाहलाई २ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना गर्नुका साथै पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका थिए ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0