कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

अन्ततः एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए देउवा

सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।

बिज्ञापन

सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो । जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले निष्कर्ष निकालेसँगै प्रधानमन्त्री देउवा ब्याक भएका हुन्

यस्तै प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ ।

बिज्ञापन

एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६मा दर्ता भएको प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको थियो ।

बिज्ञापन

तर, माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको असहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने निर्णय गरेको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0