कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

अबको कार्यकालमा कस्तो रहला त: घिसिङको

 कुलमान घिसिङ २०७३ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा देशमा दैनिक १२ घण्टासम्म लोडसेडिङ थियो ।

बिज्ञापन

कार्यकालको पहिलो वर्षमा काठमाडौं उपत्यका र दोस्रो वर्षमा देशैभर लोडसेडिङ अन्त्य गराएका उनी त्यसयता लगातार चर्चाको केन्द्रमा छन् । 

प्राधिकरणको नेतृत्वमा दोस्रो कार्यकाल सुरु गर्दा भने देशमा उत्पादित विद्युत् बढी हुने र खपत नबढाए वा निर्यात नगरे ठूलो घाटा व्यहोर्नुपर्ने भन्दै बहस भइरहेको छ । त्यसैले उनको पहिलो र दोस्रो कार्यकालको अवस्था विल्कुलै फरक छ ।

बिज्ञापन
No data was found

प्राधिकरण नेतृत्वमा पहिलो कार्यकाल सकिएपछि केपी शर्मा ओलीको सरकारले उनलाई दोहोर्‍याएन । जनस्तरबाट उनलाई पुनः ल्याउनुपर्ने माग उठे पनि सरकारले उनको पदावधि थपेन ।

बिज्ञापन
No data was found

घिसिङलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले फिर्ता ल्याएको छ । विगतमा भएका गलत काम सच्याउने, राम्रा कामलाई अघि बढाउने नयाँ कार्यक्रम र भिजनसहित प्राधिकरण फर्किएको उनले टिप्पणी गरे ।

२०७३ भदौमा पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका घिसिङ गत भदौमा बिदा भएका थिए । आफूले नेतृत्व सुरु गर्दा ३५ अर्ब सञ्चिति घाटामा रहेको प्राधिकरणलाई आफ्नो कार्यकालको अन्तिम वर्षमा उनले सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने निकाय बनाएका थिए । घिसिङले आफ्नो चारवर्षे कार्यकालमा विद्युत् चुहावटलाई २६ बाट १५ प्रतिशतमा झारेका थिए ।

गत आर्थिक वर्षमा प्राधिकरणले १० अर्ब ९० करोड नाफा गर्ने अनुमान गरिएको भए पनि आर्थिक वर्ष सकिँदा प्राधिकरणको नाफा ३ अर्ब ३८ करोडमा सीमित भएको छ भने चुहावट बढेर १७ प्रतिशत पुगेको अनुमान छ । दोस्रो कार्यकाल सुरु गरेलगत्तै कान्तिपुरसँगको कुराकानीमा घिसिङले विगतमा भएका राम्रो निर्णयलाई निरन्तरता दिने र गल्ती भएको रहेछ भने सच्याउने बताए ।

मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार घिसिङ दोस्रो पटक कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । उनलाई प्राधिकरण भित्र्याउन सरकारले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ । सोमबारकै मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशककै सरह सेवासुविधा दिने गरी आयोगमा नियुक्त गर्ने निर्णय गरेको हो । सोमबार प्राधिकरणबाट बिदा भएका शाक्यले नयाँ जिम्मेवारी सुरु गरेका छैनन् ।प्रकाशित : श्रावण २८, २०७८ ०७:०२

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0