कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

अब देखि कर्मचारीका छोराछोरीलाई ५ लाख पढाइ खर्च दिने

Facebook
Twitter
WhatsApp

सरकारले निजामती कर्मचारीका छोराछोरीलाई पाँच लाखसम्म पढाइ खर्च दिने भएको छ। शैक्षिक योग्यताको आधारमा कर्मचारीका सन्ततिलाई २० लाख रुपैयाँसम्म लाग्ने शिक्षण शुल्कमा ५ लाखसम्म शैक्षिक प्रोत्साहन वृत्ति शीर्षकमा खर्च दिने गरी नीति बनाइएको छ।

बिज्ञापन

बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलव्ध गराउने सम्बन्धी निर्देशिका,२०७८’ जारी गरेको छ। निर्देशिका अनुसार बहाल रहेका स्थायी कर्मचारीका छोरा वा छोरी र हाल सार्वजनिक संस्थानमा नियुक्त भएका पूर्व निजामती कर्मचारीका छोराछोरीले शैक्षिक प्रोत्साहन वृत्ति पाउनेछन्।

स्वदेशी विश्वविद्यालयका आंगिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थाको स्नातक तहको प्रथम वर्ष अध्ययनरत निजामती कर्मचारीका सन्ततिले उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाउने निर्देशिकामा उल्लेख छ।

बिज्ञापन

२० लाखसम्मको शैक्षिक खर्च लाग्नेमा सरकारले ५ लाख प्रोत्साहन वृत्ति, १५ लाख देखि २० लाखसम्म खर्च लाग्नेमा ४ लाख, १० देखि १५ लाखसम्ममा ३ लाख, ५ देखि १० लाखसम्मलाई २ लाख खर्च र १ देखि ५ लाखसम्म १ लाख रुपैयाँ तथा १ लाखभन्दा कम खर्च शिक्षण शुल्कको आधारमा प्रोत्साहन स्वरुप रकम दिने निर्देशिकामा उल्लेख रहेको छ।

बिज्ञापन

शैक्षिक प्रोत्साहन वृत्तिको लागि निजामती सेवाको संघीय कानुनमा भएको समावेशी प्रतिशतकै आधारमा कोटा निर्माण हुने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।मन्त्रालयको अनुसार शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन गन सामान्य प्रशासन मन्त्रालयको सचिवको अध्यक्षतामा ७ सदस्यीय समिति समेत गठन हुनेछ।

उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाएका कर्मचारीका सन्ततिलाई सामान्य प्रशासन मन्त्रालयले आवश्यक ठानेको स्थानमा एक वर्षसम्म खटाउन सक्नेछ। अध्ययन गरेको विषयसँग सम्बन्धित कार्यालय वा निकायमा खटाइएको समान तह र श्रेणीका कर्मचारीले पाएको बराबर सुविधा हुने निर्देशिकामा उल्लेख छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0