कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

अब  बस चढेर दिल्लीबाट लन्डन पुगिने, कति रहेछ भाडा?

Facebook
Twitter
WhatsApp

भारतीय ट्राभल कम्पनी एड्भेन्चर ओभरल्यान्डले २० हजार किलोमिटर लामो बस यात्रा सञ्चालन गर्दैछ। कम्पनीले भारतको दिल्लीदेखि बेलायतको लन्डनसम्‍म चल्ने बस सञ्चालन गर्ने भएको हो। 

बिज्ञापन

विभिन्न रिपोर्टहरू अनुसार दिल्लीदेखि लन्डनसम्मको बस यात्रा ७० दिनको हुनेछ। यो बस म्यानमार, थाइल्यान्ड, लाओस, चीन, किर्गिस्तान, उज्बेकिस्तान, काजाकिस्तान, रुस, लाटभिया, लिथुआनिया, पोल्यान्ड, चेक रिपब्लिक, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम र फ्रान्स हुँदै बेलायत पुग्दा १८ देशको सडकमा गुड्नेछ। 

एड्भेन्चर ओभरल्यान्डले सञ्चालन गरेको संसारको सबैभन्दा लामो यो बस यात्रा सन् २०२२ को सेप्टेम्बरदेखि सुरू हुने बताइएको छ। दिल्लीबाट लन्डनसम्म चल्ने बसमा जम्मा २० जना यात्रु राखिनेछ। उनीहरूलाई यात्राक्रम विभिन्न देशका प्रख्यात ठाउँहरूमा घुमाइनेछ।

बिज्ञापन

यात्रालाई आवश्यक सामग्री राखेर प्रत्येक यात्रुले दुई वटासम्म ठूलो सुटकेस लग्न सक्नेछन्। सामग्री सुरक्षाको लागि बसमा निजी लकर पनि दिइनेछ। यसमा यात्रुको गोपनीयताका लागि सिटहरू बीच विभाजनहरू समेत गरिएको छ। त्यस्तै, बसमा पेय पदार्थ र खाजाका लागि कुलरसहितको मिनी प्यान्ट्री पनि पाउन सकिन्छ।

बिज्ञापन

प्रत्येक व्यक्तिले यो बस यात्राको लागि भारू १५ लाख अर्थात् नेपाली करिब २४ लाख रूपैयाँ भाडा तिर्नुपर्ने हुन्छ। यसैमा गाडीको टिकट, भिसा, बस्ने-खानेको सुविधालगायत सेवाहरू समावेश गरिएको छ। 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0