कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

अरुण नदीमा बेवारिसे शव फेला

Facebook
Twitter
WhatsApp

धनकुटा :  धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित अरूण नदीको किनारमा एक पुरुषको बेवारिसे शव शुक्रबार फेला परेको छ ।

बिज्ञापन

अन्दाजी ४० देखि ४५ वर्षीय पुरुषको शव फेला परेको धनकुटा प्रहरीले जनाएको छ । गोरो वर्णको, पातलो शरीर भएको, छोटो कपाल, रातो रंगको हाफ भेष्ट कालो रंगको हाफ पेन्ट लगाएको, मंगोलियन अनुहार भएको, उचाई अन्दाजी ५.५ इन्च भएको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच मुचुल्का गरेर शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालस्थित शव गृहमा राखिएको छ । नदीमा तैरिरहेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

साभार : पत्रपत्रिका

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0