कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

अर्जुन दास हत्या प्रकरणबारे भ्रामक समाचार प्रसारण गर्ने युट्युबरलाई प्रहरीको चेतावनी

Facebook
Twitter
WhatsApp

गत शनिबार कैलालीमा मृत फेला परेका अर्जुन दासबारे जथाभाबी सामग्री सम्प्रेषण गर्ने युट्युब च्यालनलाई कैलाली प्रहरीले चेतावनी दिएको छ।

बिज्ञापन

जानकी गाउँपालिका–९ का २५ वर्षीय दास हत्याबारे भ्रामक समाचार प्रसारण गर्ने युट्युबलाई कारबाहीको चेतावनी दिइएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीले प्रेस विज्ञप्ति नै जारी गरेर भ्रामक समाचार प्रसारण गर्ने युट्युब सञ्चालकले भ्रामक शिर्षक, फोटो र विषयवस्तु राखेकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। 

सुधाखबर, रमाइलो टिभी, निराजन अनलाइन टिभी, वाइबीके अनलाइन खबर, नयाँ खोज नेपाल र वोर्डलिंक च्यानलले दास हत्याबारे भ्रामक समाचार प्रसारण गरेको प्रहरी प्रवक्ता वेदप्रकाश जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उनले ती च्यानलमा प्रसारण भएका भ्रामक सामग्री हटाउन आग्रह गर्दै यदि नहटाइएको खण्डमा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।  

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0