कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

अवैध रुपमा काठ चिर्नेलाई प्रहरीले पक्राउ गरे :मोहन्याल

जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ०७ संगम सामुदायिक वनको बडिआममा अवैध रुपमा काठ चिर्ने ईलामको फागुनन्दा गाउँपालिका ७ का विक्रम लिम्बु र अर्जुन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

सालको काठ चिरिरहेको अवस्थामा काठ ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुको साथबाट काठ चिर्ने मेसिन एक थान, ३.४ को सात फुटको कडी १ सय १९ थान, १० फुटको कडी ३१ थान, ७ फुटको पट्रा ३६ थान र २.४ ईन्चको कडी ६ थान पनि बरामद गरिएको छ ।

बिज्ञापन
No data was found

उनीहरुबाट बरामद गरिएको मेसिन र काठ सहित दुवै जनालाई आवश्यक कारबाहीका लागी संगम सामुदायिक वनलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0