कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

असार १ गतेदेखि निश्चित समयमा सबै पसल खोल्न पाइने

Facebook
Twitter
WhatsApp

लम्की : जिल्ला प्रशासन कार्यालय कैलालीले आगामी असार १ गतेदेखि ७ दिनसम्म सबै पसल खोल्न सकिने गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)ले सिफारिस गरेको जनाएको छ। 

बिज्ञापन

आइतबार बसेको डीसीसीएमसीको बैठकले कोरोना संक्रमणको दर केही कम भएको अवस्थामा हप्ताको सातै दिन बिहान ७ बजेदेखि ११ बजेसम्म सबै प्रकारका पसल खोल्न पाइने गरी निर्णय गर्न सिफारिस गरेको हो।

तर उक्त समयमा सवारी साधन भने चलाउन नपाइने गरी सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए।

बिज्ञापन

यस्तै उक्त बैठकले कैलालीमा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पुन १ हप्ता लम्ब्यायी असार ७ गते सम्म पुर्याउन सिफारिस गरेको गरेको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0