कैलालीको लम्की चुहा १ का भूपेन्द्र बडूवालका हत्यारालाई कारबाहीको माग गर्दै कैलाली जिल्ला अदालतका न्यायधिसलाई अस्तु बुझाएका छन् ।
सोमवार बडूवालका आफन्तहरूले धनगढीमा हत्यारालाई कारबाही गर्न माग गर्दै प्रदर्शन तथा बडूवालका बुवा, ठुला बुवा र आमाले कैलाली जिल्ला अदालतका १ नम्बर बेन्च हेर्ने न्यायधिसलाई अस्तु बुझाएका हुन् ।
निष्पक्ष न्यायको माग गर्दै अस्तु बुझाउन जिल्ला अदालत कैलाली पुगेका भूपेन्द्रका बुवा डम्मर बडूवाल ले आफ्नो बच्चा नरहे पनि बाँकी रहेका बच्चाहरूको लागी न्यायमुर्तिहरुले सोची दिन आग्रह गरेका छन् । ”हामीले हाम्रो बच्चाको आत्मा ल्याएका हौँ । न्यायाधीश हरूलाई हाम्रो बच्चा नरहे पनि अब आउने बाँकी बच्चा हरूको भविष्यको लागी पनि सोचिदिनुहोला भनेर अस्तु बँझाएका छौँ ।” उनले भने ।
बडूवालले थप्दै, ”हामीले निर्दोष मान्छे फसोस् भन्ने आफूहरूले पनि नचाहेको बताएका छन् । न्याय मूर्तिहरूले भूपेन्द्रको अस्तु (आत्मा) माथि हात राख्दै निष्पक्ष न्याय दिने आश्वासन दिएको बताए । हाम्रो छोराको आत्मा बुझ्दै उहाँहरू (न्यायधीस)हरुले निष्पक्ष न्याय दिने प्रतिबद्धता जनाएका छन् । हामीले महसुस गरेका छौँ । अस्तुको सुरक्षा र शुद्धताको निम्ति भए पनि तपाई फिर्ता लग्नुहोस् भनेकाले आत्माको सम्मको लागी भए पनि हामीले अस्तु फिर्ता लिएका छौँ ।
आवश्यक परे फेरी ल्याउन तयार छौँ । हामीले उहाँहरूलाई भनेका छौँ कि हाम्रो बच्चा त गयो फर्केर आउँदैन तर तपाईँहरूको घरमा पनि बाल बच्चा होलान्, तपाइ पनि कसैको बाबु हो ? त्यसैले अबका दिनमा भूपेन्द्र जस्ता छोराहरूले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर हामीले उहाँहरू समक्ष न्यायको भिक मागेका छौँ ।” उनले भने