मध्य प्रदेशको एउटा अस्पतालमा आ’गो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ ।
मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आ’गो लाग्दा उनीहरुको ज’लेर मृत्यु भएको हो ।

सर्ट सर्किटकाकारण अस्पतालमा आ’गो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आ’गो लाग्न सुरु भएको थियो । आ’गो नियन्त्रणमा लिन अग्नि नियन्त्रकलाई दुई घन्टा लागेको थियो । आ’गोला’गीपछि अस्पतालका बिरामीहरुलाई बाहिर निकालिएको थियो ।। अग्निनियन्त्रकले ३६ जना शिशुलाई सुरक्षित उद्धार गर्न सफल भएका छन्।
आ’गोला’गीबाट अ’बोध शिशुको मृत्यु भएको भन्दै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गहिरो दुःख व्यक्त गरेका छन् । आ’गला’गीको कारण खुलेको छैन, तर अधिकारीहरुले विद्युत स’र्ट भएर आ’गला’गी भएको हुन सक्ने बताएका छन्।
एजेन्सी
