कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आँप खानेबित्तिकै यी खान कुरा भुलेरपनि नखानुहोस्

Facebook
Twitter
WhatsApp

 यतिवेला आँपको सिजन छ । जताततै सहजै पाईने आँपलाई फलफूलको राजा पनि भनिन्छ।

बिज्ञापन

स्वाद र सन्तुष्टि दुबैका दृष्टिकोणले आँपलाई धेरैले मन पराउने गरेका छन्। आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाँम आदीको रूपमा पनि खाने गरिएको छ।

आँपका पारखीहरूले आँपलाई अनेकौ खानेकुराहरूका साथमा खाने गरेका छन्। यसरी विभिन्न बस्तुहरूसंग आँप खाने वित्तिकै अन्य चीजहरू खाँदा यो संयोगले स्वास्थ्यको लागि राम्रो गर्दछ कि गदैन भन्ने कुराको ज्ञान हुन् जरूरी छ। नत्र यो संयोगले स्वास्थ्य चौपट्ट बनाउन पनि सक्दछ।

बिज्ञापन

यसर्थ आँपसंग एकसाथ खाननहुने खाने कुरा के के हुन् ? चिकित्सकले यसरी सुझाब दिएका छन् ।

बिज्ञापन

करेलाः आँप खाएपछि वा अघि तीतेकरेलाको सेवन गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, श्वास फूल्ने र पखाला चल्ने जस्ता लक्षणहरू देखापर्दछन।

तातो दुधः तातो दुध खाने वित्तिकै आँप खानु वा आँप खाने बित्तिकै तातो दुध पिउनु हुदैन । प्राकृतिक चिकित्सामा आँपलाई चिसो दुधसंग पनि नखानु भनिएको छ। आँपलाई दुधसंग खाने गर्दा पाँचन क्रियामा समस्या आउने गर्दछ।

खुसार्नीः आँप खाए लगत्तै खुर्सार्नी वा अन्य पिरो हालीएको खानेकुरा खानु हुँदैन । आँप र खुर्सानीको सेवनले एकसाथ वा लगत्तै सेवनले पेट र छालाको समस्या निम्त्याउदछ भने वाकवाकी लाग्ने, पखाला चल्ने समेत हुने गर्दछ।

दहीः हुनत धेरैले आँपलाई दहीसंग पनि खाने गरेका छन् तर दही र आँपलाई एकसाथ खादाँ स्वास्थ्यलाई हानी पुग्दछ। किनकी दही र आँपको प्रकृति मिल्दैन । दही चिसो प्रकृतिको हो भने आँप उष्ण प्रकृतिको खानेकुरा हो । दही र आँपको एकसाथ सेवनले पाँचन समस्या र दीर्घकालमा गएर छाँलाको समस्या निम्त्याउदछ।

पानीः आँप खाने बित्तिकै पानी पिउदा आँपको पाचनको लागि आवश्यक ईन्जाईमहरूलाई पानीले निष्तेज बनाई दिनेहुँदा आपको पाँचन ठीकसंग नहुने र बिजातीय द्रव्यको उत्पादन धेरै भएर शरीरमा अनेकौ दोष संञ्चय हुनेहुँदा आँप खाने वित्तिकै पानी पिउनु र पानी पिए लगत्तै आँप खानु हुदैन।

कोल्डड्रिङ्कसः आँप र कोल्डड्रिङ्कसको प्रयोगलाई पनि सर्वथा बर्जीत मानिएको छ। आँपसंग कोल्डड्रिङ्कस खाँदा कोल्डड्रिङ्कसले आपलाई पूर्णरूपमा विकृत बनाई दिन्छ पाचनमा समस्या, वाकवाकी, बान्ता पखाला आदि हुन्छ। यसैगरि आँपको पोषक तत्वलाई कोल्डड्रिङ्कसको कार्बनडाई अक्साईडले नष्ट गरिदिने हुँदा एकसाथ वा खाने बित्तिकै खानु हुदैन।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0