कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

आइतबार दिउँसो जिप दुर्घटना,८ जना घाईते

Facebook
Twitter
WhatsApp

डडेल्धुराको सल्लाघारीमा  जिप दुर्घटना हुँदा ८ जना घाईते भएका छन्। डोटीबाट डडेल्धुरा सदरमुकाम तर्फ आइरहेको से १ ज ५०४ नम्बरको जिप  दुर्घटना भएको हो।

बिज्ञापन

जिप आइतबार दिउँसो साढे १ बजेतिर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घाइते हुनेमा गन्यापधुरा वडा नम्बर २ की चित्रा मल्ल, वडा नम्बर ११ का डम्मरबहादुर दमाई,  गन्यापधुरा वडा नम्बर ३ का बाटु भुल,अमरगढी नगरपालिका वडा नम्बर १ का कृष्ण सार्की, नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की शारदा पन्त (उप्रेती) ,

बिज्ञापन

यस्तै गन्यापधुरा वडा नम्बर २ का पशुपति मल्ल, जनक मल्ल र जीप चालक यदुनाथ उप्रेती पनि घाइते भएका छन्। घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

बिज्ञापन

जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो।  आइतबार दिउँसो डोटीको दीपायलबाट डडेल्धुरा गइरहेको से १ ज ५०४ नम्बरको जीप ऐरी गाउँ मोडमा दुर्घटना भएको थियो। 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0