कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आउँदो चुनावका बेला नयाँ गाडी किन्ने प्रहरीको प्रस्ताव

जेठ मसान्तभित्रै चुनाव गर्ने सत्तारुढ दलमा राजनीतिक सहमति भएसँगै  स्थानीय चुनावको सुरक्षामा आवश्यक सुरक्षाकर्मी र सुरक्षा खर्च कत्ति चाहिन्छ भन्नेबारे पनि चासो बढेको छ ।

बिज्ञापन

गृह प्रशासन र सुरक्षा निकायका अधिकारीहरू सुरक्षा तयारी भन्दाअघि चुनावको मिति घोषणा हुनुपर्ने बताउँछन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केही दिनअघि पत्रकारहरूसँगको अनौपचारिक भेटमा प्रहरीलाई गाडी खरिदका लागि ९ अर्ब मागेको बताएका थिए ।

प्रहरी युनिटहरूका पुराना गाडी विस्थापन गर्न केही महिनाअघि गृह मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा लेखापढी गरेर पठाए पनि प्रहरी प्रधान कार्यालयले बजेट पाएको छैन ।

बिज्ञापन

बजेट निकासा भएमा त्यही खर्चमा चुनावका लागि आवश्यक गाडी खरिद गर्न सकिने प्रहरी प्रधान कार्यालयको भनाइ छ ।प्रहरीलाई विगतमा निर्वाचनका बेला भारत सरकारले पनि सवारी साधन सहयोग गर्दै आएको थियो ।

बिज्ञापन

नेपाल प्रहरीका एक उच्च अधिकृत जिल्ला प्रहरी कार्यालय र सहरी क्षेत्रका प्रहरी युनिटसँग भएका पुराना गाडीहरूको भरमा चुनावको सुरक्षा निकै सकसपूर्ण हुने बताउँछन् ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0