कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आखिर किन शव घटना स्थलमै छ त्

अर्जुन दासको न्यायका लागि संघर्ष समिति बनाएर बिभिन्न माग राख्दै संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ । घाटी रेटि विभत्स हत्या गरिएका अर्जुन दासका हत्याराहरु अहिले सम्म कानुनी कट्घरामा नभएको भन्दै सम्बन्धित निकायलाई दबाद दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाएर बिभिन्न ४ बुदे माग राख्दै संघर्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।

बिज्ञापन


अपराधीलाई कानुनी कटघरामा ल्याई आजिवन कारवास हुनु पर्ने,मृतकका परिवारलाई उचित क्षतिपूर्ति हुनु पर्ने,पिडित परिवारलाई सरकारी रोजगारीको ब्यवस्था हुनु पर्ने,पिडितको बालबालिकालाई उचित शिक्षाको ब्यवस्था हुनु पर्ने,पिडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने लगायतका माग राखेका छन । यदि माग सम्बोधन गर्ने आश्वासन नआए सम्म घटना स्थलबाट शवलाई उठाउन नदिने पिडित परिवारले अडान कायम राखेका छन ।


आज(सोमबार) अपराधीका नाममा किटानी जाहेरी दिने,कैलालीको डुडेझारी अन्तरगत पर्ने पूर्वपश्चिम राजमार्ग अवरुद्ध पर्ने र कानुनी वार्ता गर्ने लगाएतका संघर्षका कार्यक्रम रहेको संघर्ष समितिका संयोजक ललित परियारले जानकारी दिएका छन ।

बिज्ञापन
No data was found


हत्या हामीले गरेका हौ भन्ने अडियो छ्यापछ्याप्ती सार्वजनिक भई सक्दा पनि प्रहरी प्रशासनले अपराधीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै पिडित परिवारले आक्रोश ब्यक्त गरेका छन ।
घटना घटेको ४ दिन भई सक्दा पनि शवलाई घटना स्थलबाट उठाईएको छैन ।

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0