कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आखिर कहिले सम्म आउँला, त ! मेलम्चीमा : बाढी

मेलम्चीमा बाढी रोकिएको छैन, पानी होइन लेदो बगिरहेको छ नदीमा। पहिरोले थुनिएको नदीको माटो बगेर मेलम्चीबाट ३५ किलोमिटर दूरीको दोलालघाटसम्म थुप्रिन थालेको छ।

बिज्ञापन

असार १ गते मेलम्ची नदीमा आएको बाढीले जनधनको व्यापक क्षति गर्यो। हेलम्बु, पाँचपोखरी, मेलम्चीलगायत स्थानीय तहका हजारौं विस्थापित कष्टकर जीवन बिताइरहेका छन्। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना क्षतिग्रस्त भएको छ।

अघिल्लो बाढीको घाउ निको नहुँदै फेरि साउन १६ गते आएको बाढीले बितन्डा मच्चायो। अघिल्लो बाढीमा पुरिएको रेडियो मेलम्चीको भवन पछिल्लो बाढीले पूर्णरूपमा क्षतविक्षत पारेको छ। मेलम्ची र हेलम्बुलाई जोड्ने चनौटेस्थित मोटरेबल पुल बाढीले बगाएको छ। 

बिज्ञापन

मनसुन अझै बाँकी छ। कति बितन्डा मच्चाउला, अहिले भन्न सकिने अवस्था छैन।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0