कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आगलागीबाट जलेर बालकको मृत्यु

आगलागीबाट बर्दियामा १४ वर्षीय बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ९ खैरेनी निवासी १४ वर्षीय दिनेश चौधरीको  आगलागीबाट मृत्यु भएको हो

बिज्ञापन

। बालक घरभित्रै सुतिरहेको अवस्थामा अचानक आगलागी भएपछि मंगलबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

सवा १० बजे राती जानकारी पाएको प्रहरी चौकी कर्तनियाबाट पुगेको उद्धार टोलीले राती पौने ११ बजे आगो नियन्त्रणमा लिएको हो । टिनले छाएको दुईकोठे कच्ची घरमा मैनबत्ती बालेर बालक घरमै बसेको र आमा छोरी ढोकामा चुक्कुल लगाएर छिमेकीको घर गएका बेला एक्कासी आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी शाहीले जानकारी दिए ।

बिज्ञापन

 घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0