कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आजदेखि तीन दिन मनसुन थप सक्रिय हुने, 

नेपालमा आजदेखि तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।

बिज्ञापन

आज प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण राति १२ बजेदेखि झापाको भद्रपुर, बिर्तामोड, शनिश्चचरे, दोमुखा– कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिज्ञापन

भारी वर्षाका कारण पहिरो, भू–क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यसअघि नै विशेष बुलेटिन जारी गर्दै जनाइसकेको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0