आजदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज भएको छ
। कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागु भएको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो।

आजदेखि बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ। सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0