कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

आज आमाको मुख हेर्ने दिन, यसरी मनाउने गरिन्छ ..

Facebook
Twitter
WhatsApp

लम्की: आज बिहिबार माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ ।

बिज्ञापन

मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।

माता तिर्थ औंशीको दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मीठा तथा तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ ।

बिज्ञापन

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा काठमाडौं चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा ठूलो मेला लाग्छ । माता तिर्थ औंशीको अवसर पारेर आज चन्द्रगिरी नगरपालिकाले सार्वजनिक विदा नै दिएको छ ।

बिज्ञापन

आमाको लागि मीठा परिकार किन्नेहरुको चापले गर्दा आज मिठाई तथा फलफूल पसलहरुमा भीड हुने गर्दछ । आजको दिन आमालाई मीठा खानेकुरा खुवाउनको लागि धेरै जना घर तथा माइत जाने क्रम पनि बिहानैदेखि चलिरहेको छ ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम तथा टिकटकमार्फत पनि धेरैले आमाप्रति सम्मान व्यक्त गरिरहेका छन् ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0