कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आज दिउँसो हल्कादेखि मध्यम वर्षा हुने 

आज दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना भए पनि राति भने ठूलो पानी पर्ने अनुमान छ ।

बिज्ञापन

राति प्रदेश-१, मधेस प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उनले बताए । प्रदेश-१,  मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र  अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा आज पनि  मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना  छ । अहिले चार प्रदेश वाग्मती, गण्डकी, मधेस र प्रदेश-१ मा मनसुनी प्रणाली सक्रिय छ ।

अन्य प्रदेशमा भने आंशिक मात्र प्रभाव रहेकाले ती प्रदेशमा खासै पानी पर्न सकेको छैन । धनगढी, बर्दिया, सुर्खेत र रुपन्देहीमा हल्कादेखि मध्यम वर्षा भए पनि मनसुन फैलिनसकेकाले अन्य ठाउँमा गर्मी बढेको मौसमविद्ले बताएका छन् ।

बिज्ञापन

यसैबीच, देशको पूर्वी क्षेत्रमा लगातारजसो वर्षा भइरहेकोले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन समेत आग्रह गरेका छन् ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0