कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आज देखि दसैंको टिकट बुकिङ खुला, अनलाइनबाट बुकिङ गर्न आग्रह

सरकारले यही असोज ११ गतेदेखि दशैंका लागि सवारी साधनहरुको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।

बिज्ञापन

आईतबार सिंहदरवारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भोलिदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिएको बताए।

उनले कोरोना महामारीको जोखिम नघटेकोले अनलाइन प्रणालीबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउँदा सहज र उपयुक्त हुने बताए। उनले काठमाडौं उपत्यकाको १४ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आउने बताउँदै अहिलेसम्म ५ वटा सहायता कक्ष तयार भइसकेको र सोमबारबाट १४ वटै तयार बनाएर भोलिबाट नै सञ्चालनमा ल्याउने बताए।

बिज्ञापन

उनले दशैँको अवसरमा यात्रुहरुलाई सहजता प्रदान गर्न कुनै पनि सवारीसाधन चेकजाँचमा खुला गर्ने बताउँदै दशैँलक्षित राजमार्गहरु खुलाउने, सडक मर्मत गर्ने कार्यमा मन्त्रालय लागि परेको बताए।

बिज्ञापन

आज देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भइसकेको छ, कोरोना महामारीको जोखिम घटेको छैन, अनलाइन प्रणालीबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउँदा सहज र उपयुक्त हुन्छ, अनलाइन तथा मोबाइल एपबाटै टिकट खरिद गर्ने प्रोत्साहन गर्नुपर्छ’, सचिव श्रेष्ठले भने, ‘काठमाडौं उपत्यकाको १४ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइनेछ, ५ वटा अहिलेसम्म तयार भइसकेको छ,

भोलिसम्म सबै बनिसक्छन् र भोलिबाटै विभिन्न १४ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आउँछ, त्यस्तै हामीले यात्रुहरुको सहजताका लागि ५ दिन सवारीसाधन कडा चेकजाँच नगरी खुला गर्ने निर्णय गरेका छौँ भने दशैँ लक्षित राजमार्ग खुलाउने, सडकहरु टाल्ने काम भइरहेको छ।’

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0