कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आज देखि देशभर नयाँ भर्ना अभियान शुरु हुँदै

सरकारले आज (शुक्रबार) देखि देशभर नयाँ भर्ना अभियान थाल्ने भएको छ।

बिज्ञापन

नयाँ भर्ना अभियान थाल्न स्थानीय तह र सबै विद्यालयलाई निर्देशन दिइसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।

विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलका अनुसार वैशाख २ देखि वैशाख ३१ गतेसम्म सामुदायिक तथा निजी विद्यालयहरूले नयाँ भर्ना लिनेछन्। यसका लागि गत चैत्र २१ गते नै सूचना जारी गरेर स्थानीय तह र विद्यालयलाई जानकारी गराएको उनले बताए।

बिज्ञापन
No data was found

आजै देखि कक्षा १ को नयाँ भर्ना शुरु हुन्छ,अरू कक्षाको धमाधम परीक्षा भइरहेको छ। परीक्षा सकिएपछि नतिजा प्रकाशित गर्छन्, त्यसलगत्तै भर्ना पनि विद्यालयले गर्छन्’‚ उनले भने।

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0