लम्की : हिन्दुहरुको महान चार्ड बिजया दशमी (बडा दशैं) आज देखि सुरु भएको छ | हिजो श्रोह श्राद को आन्तिम दिन औशी को पछिल्लो दिन अर्थात आज प्रतिपदा देखि दशैँ का १० दिन को सुरुवात भएको मानिन्छ |
वडादशैंका नवरात्र अन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

नौ वटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ।
आज असोज १० गते दशैको पहिलो दिन जमरा राख्ने प्रचलन छ | गहु, मकै, तिल, जौ, लगायतका अन्नहरुलाई घरको कुनै १ बन्द कोठामा मोटोमा छरी पुजा आजा गर्दै जमारा राखिन्छ | र सो जमरा को ९ दिन सम्म देविका अलग अलग रुपधारणको दिन सम्झी पुर्जा गरिने र अन्तिम दिन दशमीको दिन उक्त जमरा देवी दुर्गा लाइ लगाइएपछि मान्यजनको हातबाट आफुले लागाउने चलन छ |
आज को घटस्थापना को साइत नेपाल पंचान्क समितिले बिहान १० बजेर २३ मिनेटमा उत्तम रहेको जनाएको छ | यसरी साइत राखिएको जमरा लाइ साइत अनुसार नै लगाइने गरिन्छ |