कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आज २ हजार २४४ जना निको भए, ३ हजार ४२ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २४४ जना निको भएका छन्।

बिज्ञापन

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४४ पुगेको छ।नेपालमा आज ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९६३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ रहेको छ।यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ४४ हजार ३०७ जना र एन्टीजेन परीक्षणबाट ७९ हजार ३४० जना पुगेको छ। 

बिज्ञापन

आज २६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ।

बिज्ञापन

आज १७ हजार ६५४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख १३ हजार ५४५ जनाको पिसिआर र ४ लाख २४ हजार ११० जनाको एन्टीजेन परीक्षण गरिएको छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0