कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आफ्नालाई जागिरमा भर्ति गर्ने केन्द्र बन्दै सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समेत आफ्ना छोरालाई प्रशासन सहायक (नायब सुब्बा सरह)मा सुटुक्क जागिर दिएको दिन भ्याएछन् |

बिज्ञापन

मुख्यमन्त्री भट्टले आफ्ना छोरा, विकास भट्टलाई आफ्नो गत बैशाखमा प्रशासन सहायकमा नियुक्त गरेको पाइएको छ । मुुख्यमन्त्रीमा नियुुक्त भएको तीन वर्षसम्म स्वकीय सचिवालयमा प्रशासन सहायक पदमा कसैलाई नियुक्त नगरेका भट्टले छोराको योग्यता पुगेपछि गत बैशाखमा नियुक्त गरेका हुन् । छोरालाई जागिर खुवाएको कुरा उनको निजी सचिवालयले समेत पुष्टि गरेको छ ।

निजी सचिवालयका निजि सचिव कृष्णराज जोशीले भट्टलाई गत बैशाख २ गतेदेखि लागुु हुुनेगरी स्वकीय सचिवालयमा काम गर्ने गरी प्रशासन सहायकमा नियुक्ती दिइएको बताए । यसअघि उक्त पदमा कुनै पनि व्यक्ति कार्यरत नभएको पनि जोशी बताउँछन् ।

बिज्ञापन

तीन वर्षसम्म पार्टीका कुनै पनि कार्यकर्तालाई नियुक्ती नदिएर रिक्त राखेको उक्त पदमा छोराको योग्यता पुुगेपछि मुख्यमन्त्री भट्टले जागिर खुवाएको भन्दै नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि सिर्जना भएको छ ।

बिज्ञापन

मुख्यमन्त्रीको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐनमा एक जना प्रशासन सहायक सरहको कर्मचारी राख्न पाउने व्यवस्था छ । कर्मचारी भर्ना गरेकोमा हामीलाई कुनै आपत्ती छैन्,’ एक जना नेताले भने, ‘तर उहाँले तीन वर्ष सम्म एक जना कार्यकर्तालाई पनि जागिर दिनुभएन त्यसको कारण के हो रु अनी अहिले सुटुक्क आफ्नो छोरालाई जागिर दिएको तथ्य भेटियो । यो गलत हो ।’

भारतमा चौकीदारी गरेको पृष्ठभूमी भएका मुुख्मयन्त्री भट्टले पदभार ग्रहण गर्दा सुदूरपश्चिमबासीले अब रोजगारीका लागि भारत धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरेका थिए तर चार वर्षसम्म कुनै पनि रोजगार मुलक कार्यक्रम सञ्चालन गर्न नसकेका उनले आफ्नै छोरालाई जागिर दिएपछि आलोचना भएको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0