कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आयोगले तोसिमा कार्कीलाई चुनाव चिह्न घन्टी लिएर प्रचारमा नजान आग्रह

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ।

बिज्ञापन

आयोगको आचारसंहिता अनुगमन समितिले आफूलाई फोनमार्फत यस्तो निर्देशन दिएको कार्कीले सेतोपाटीलाई जानकारी दिइन्।

‘मलाई आचारसंहिता अनुगमन समितिबाट भनेर फोन आएको थियो। उहाँले घन्टीले ध्वनि प्रदूषण भएको उजुरी परेको जानकारी गराउँदै घन्टी बजाउँदै चुनावी प्रचार नगर्न निर्देशन दिनुभयो,’ कार्कीले भनिन्।

बिज्ञापन
No data was found

कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी हो।

बिज्ञापन
No data was found

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा १३ ले जुलुस, आमसभा वा भेला गर्दा पालना गर्नुपर्ने आचरणबारे उल्लेख गरेको छ। यसअनुसार उम्मेदवारले आफ्नो चुनाव चिह्न बोकेर प्रचारप्रसारमा जान पाइँदैन।

उक्त आचारसंहिताको खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, कपडा, टोपी, टि-सर्ट, मास्क वा लकेट वा झोला बोक्न नहुने’ उल्लेख छ। यसैअनुसार निर्वाचन आचारसंहिता अनुगमन समितिले कार्कीलाई चुनाव चिह्न घन्टी बजाउँदै चुनावी प्रचारमा नहिँड्न भनेको हो।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0