कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको छ : अर्थमन्त्री

Facebook
Twitter
WhatsApp

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको बताएका छन्।

बिज्ञापन

कृषि विकास बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समीक्षा गर्नुपर्ने समयमा समेत पुँजीगत खर्च १४÷१५ प्रतिशत मात्रै हुनु अर्थतन्त्रमा ठुलो चुनौती भएको बताएका छन्।

राजस्व परिचालनमा चालू आर्थिक वर्षको लक्ष्य भेटाउन नसक्नुले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको छ’, उनले भने।

बिज्ञापन

गत वर्ष यही समयमा राजस्व परिचालनभन्दा पनि यस वर्ष झन पछाडि परेको उनको भनाइ छ। आर्थिक दृष्टिकोणले खडा भएको चुनौती सामना गदै आर्थिक सामर्थ्य राम्रो बनाउने अभियानमा सरकारलाई सबैको साथ चाहिएको उनले बताए।

बिज्ञापन

अर्थमन्त्री पौडेलले खर्च कटौती र मितव्ययिताका लागि कृषि विकास बैंकको साथ पाउने जिकिर गरे। 

अन्नपूर्ण पोस्ट

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0