कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

इजरायल निवासीको सहयोगले अछाममा जोडियो खानेपानीको धारा

अछाम: सामाजिक अभियानकर्ता हिमाल साउद को पहलमा र समाज सेवि इजरायल निवासी सिमा श्रेष्ठ को सहयोगमा अछाम जिल्ला ढकारी गाउँ पालिका वार्ड नम्बर ४ दाउनमरा मा पानी पिउने दुई धारा निर्माण भएका छन |

बिज्ञापन

केही महिना अगाडि कैलालीमा बसोबास गर्दै आएका हिमाल साउद जन्मभुमी अछाम घुम्न जादा त्यहा पानी को समस्या भएको थाह पाए र उहाँहरुलाइ केही सेवा गर्न सकिन्छ कि भनि धारा को लागि अभियान चलाएका थिय |

श्रेष्ठ ले उहाँहरुको लागि केही गर्नै पर्छ भन्ने ठानेपछी उहाले दुई धारा निर्माण गर्न रु ४५ हजार रकम समाज सेवि युवा नेता हेम राज थापा र लक्ष्मि बोगटी लाई समन्वय गर्दै हिमाल साउदलाई हस्तान्तरण भएको थियो ।

बिज्ञापन

वर्तमान समयमा एक धारा पुर्ण भै अर्को धारा को काम भैरहेको छ । र उनीहरुले बचेको पैसाले कालिका देबि माध्यामिक बिधालय मा अध्यनरत ८ जना छात्र लाई कपी र कलम पनि हस्तान्तरण गरेका छन ।

बिज्ञापन

साथै अछाम जाँदै गर्दा गाउँ समाज मा सिटामोल ब्रोफिन जस्ता को कमि भएको जानकारी पाए पछि उहाँ हरुले सामान्य औषधि जस्तै: रुघाखोकी, जिउ दुख्ने, झाडा पखाला, घाउका मलम आदि पनि लगेर बाडेका छन ।यो सयोग गरेको मा सम्पूर्ण सहयोगी मनहरुलाई उक्त ठाउँका बासिन्दाले धन्यवाद दिएको स्रोत को भनाइ रहेको छ |

स्रोत : गोबिन्द बोहरा

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0