कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

इन्जिनियरको मृत्युको कारण खोज्दै मन्त्रालय,

 सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परिक्षणका क्रममा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ। इन्जिनियरहरुलाई कस्तो अवस्थामा काममा लगाइएको थियो, सुरक्षा मापदण्ड कस्तो थियो भन्ने विषयमा मन्त्रालयले अनुसन्धान गर्दैछ ।

बिज्ञापन

मन्त्रालयले मंगलबार घटनाको सत्यतथ्य पत्ता लगाउन सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति समिति गठन गरेको हो। समितिले काम थालेको छ । मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले समिति गठन भएको र त्यसले भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने जानकारी दिएका छन् ।

‘यो घटना के कति कारणले घट्यो भनेर विस्तृत अनुसन्धान गरिने उनले बताए । घटना अनुसन्धान पछि आएको रिपोर्ट अनुसार मापदण्ड बनाउने योजना मन्त्रालयको छ । आइतबार अपराह्न आयोजनामा कार्यरत् इन्जिनियर धुलिखेल नगरपालिका(४ का २९ वर्षीय अर्जुन थापा र अछाम साँफेबगर(२ का २६ वर्षीय सुवासराज रेग्मीको मृत्यु भएको थियो।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0