कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

उमेद्वारीबाट रोकिएका भिम रावलले भोलीसम्ममा व्यवस्थित निर्णय लिने

Facebook
Twitter
WhatsApp

लम्की : नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार हुनबाट रोकिएको भन्दै आइतबारसम्म आगामी बाटोबारे निर्णय लिने बताएका छन्। आफूले अहिले सम्पूर्ण पक्षबारे गहन अध्ययन गरिरहेको भन्दै आइतबारसम्म निर्णय लिने उनले बताए।

बिज्ञापन

‘म आफैंलाई पनि उम्मेदवारीबाट रोकिएको छ। यसका सम्पूर्ण पक्ष गहन अध्ययन गरिरहेको छु। आइतबारसम्म म व्यवस्थित रूपमा मेरा धारणा र निर्णय सार्वजनिक गर्नेछु,’ रावलले भने।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अछाम- १ बाट रावल सर्वसम्मत रूपमा सिफारिस भए पनि उनलाई रोकेर माओवादीबाट हालसालै एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिइएको छ। रावलले भदौ २१ मा सेतोपाटीसँग कुराकानी गर्दै कुनै पदमा जाने वान नजाने भन्दा पनि राष्ट्रको सर्वोपरी हीत र पार्टी विधिमा चल्नुपर्ने विषय आफ्ना लागि महत्वपूर्ण हुने बताएका थिए।

बिज्ञापन

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने टिकट पाउनका निम्ति १० बुँदे पक्षधरले माफी माग्नुपर्ने आफूनिकटहरूसँग बताउँदै आएका थिए। एमालेको १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको आकांक्षामा रावल र घनश्याम भुसालले चुनौती दिएका थिए।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0