कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

एउटै दलको दुईभन्दा बढी उम्मेदवारी परेको ठाउँमा के हुन्छ ? पढ्नुहोस :

Facebook
Twitter
WhatsApp

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका क्रममा देखिएका ११ प्रकारका विवाद टुङ्ग्याएर नामावली प्रकाशित गरेको जनाएको छ ।

बिज्ञापन

७ सय ५३ पालिकाका निर्वाचन अधिकृतहरुले उम्मेदवार विरुद्ध परेका उजुरीहरुको जाँचबुझ गरी हिजो नामावली प्रकाशित गरेका हुन् । यसअघि आयोगले उम्मेदवारका सम्बन्धीमा परेका उजुरीलाई निरुपण गर्न ११ बुँदे निर्देशन दिएको थियो ।

एउटै दलको दुईभन्दा बढी उम्मेदवारी परेको ठाउँमा दलको केन्द्रीय कार्यकारिणी समितिको प्रमुख पदाधिकारीले उम्मेदवार यकिन गर्न निर्वाचन अधिकृतलाई दिएको पत्रलाई आधार मानिएको छ । कुनै दलले मेयर र उपमेयर वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको भए दुवै उम्मेदवारी खारेज गर्न पनि निर्देशन दिइएको आयोगले जनाएको छ।

बिज्ञापन

यस्तै मनोनयन पत्र दर्ता गर्ने उम्मेदवारको नाममा बेरुजु रहेको सम्बन्धमा उम्मेदवारको नाममा किटानीसाथ असुल उपर गर्नुपर्ने भनी महालेखा परीक्षकको कार्यालयबाट बेरुजु औँल्याइएको अवस्थामा बाहेक मनोनयन पत्र सदर गरिएको छ ।

बिज्ञापन

कालोसूचीमा रहेका व्यक्तिहरुको उम्मेदवारी भने रद्द गरिएको आयोगले जनाएको छ । नागरिकता र मतदाता नामावलीमा विवरण फरक परेमा नागरिकताका आधारमा विवरण कायम गरिएको आयोगले जनाएको छ । 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0