लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीले आफ्ना ‘प्रेमी’ एकराज बस्नेतकी श्रीमतीलाई हातपात गरेको उजुरी दर्ताको तयारी भएको छ ।
प्रहरीले नियन्त्रणमा लिएर गएपछि एकराजकी श्रीमतीले जाहेरी दिनुहुने भएको हो ।उनलाई राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा अहिले सुरक्षा कडा गरिएको छ र कसैलाई पनि छिर्न दिइएको छैन । कानूनी कारबाहीका लागि जाहेरी दर्ता गर्ने तयारी भएको छ ।
एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उहाँको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गरेको खुल्न आएको छ ।
आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको भनाइ छ । घटना भएपछि उहाँले छिमेकीलाई गुहार माग्नुभएको थियो ।स्थानीयले बिमलालाई घरभित्रै थुनेर प्रहरी बोलाएका थिए । प्रहरी आएर मन्त्री बिमलालाई नियन्त्रणमा लिएको थियो ।प्रहरी आएपछि पीडित मीना भण्डारीले यर्थाथ बारे बयान दिनुभयो । ‘बिहानै आएर गेटमा बेस्सरी हल्लाइ । को रहेछ भनेर गएँ ।
बाहिरबाट ‘ढोका खोल, ढोका खोल, भनेको सुनिनस्’ भन्दै चिच्याइरहेकी थिई । मैले ढोका खोलेँ । भित्र आउनासाथ ‘मेरो एकराज खोइ ?’ भन्दै पर्दाहरु तानेर छिनाइ ।झुल पनि तानेर फाली घटना बारे मीनाले बेलिविस्तार लगाउनुभयो । ‘मैले किन्देको लुगा’ भनेर सबै लुगा मिल्काइदिई। अनि मलाई गालामा हानी ।
मेरो लुगा पनि च्यातचुत पारी । अर्को कोठामा गएर नानीलाई पनि हानिछे । नानी स्कुल जान ड्रेस लगाएर बसेकी थिई । अहिले रोइरहेकी छे । उसले एकराज मेरो पोइ हो भनिरहेकी थिई मीनाले खुलाउनुभयो ।’घटनापछि मीनाले आफ्नो जेठाजुलाई खबर गर्नुभयो । जेठाजुले प्रहरी बोलाउनुभयो, स्थानीयपनि बोलाउनुभयो ।
ईप्रका तुल्सीपुरको प्रहरी आएर एकराजको कोठाबाट विमलालाई नियन्त्रणमा लिएको थियो । घटना हुँदा एकराज घरमा देखिएन प्रहरी अधिकारीले जानकारी दिनुभयो ।
एकराज र मीनाका एक छोरा र एक छोरी छन् । विमलाका पनि दुई छोरा छन् । विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा निधन भएको थियो । विमला श्रीमान उत्तरकुमार खत्री पूर्व सांसद हो ।उहाँको निधनपछि उपनिर्वाचनमा तत्कालिन नेकपाले विमलालाई टिकट दिएको थियो ।
गत वर्ष भदौमा विमलाले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरेको फोटो हालेपछि बबाल भएको थियो । उक्त फोटोसहित विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन गरेपछि उनले तस्वीर एडिट गरिएको र एकराज आफ्नो भाइ पर्ने दावी गरेकी थिइन् ।