कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

एकै दिन ३ हजार ८९९ संक्रमण दर निरन्तर उकालो

Facebook
Twitter
WhatsApp

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् ।

बिज्ञापन

१७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएका हुन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जना संक्रमित भइसकेका छन् ।यही अवधिमा १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कूल संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् । नेपालमा निको हुने दर ९४.४ प्रतिशत रहेको छ ।कोभिड–१९ को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । १.५ प्रतिशत मृत्युदर रहेको नेपालमा ९ हजार ७५८ जनाको मृत्यु भइसकेको छ ।

बिज्ञापन

हालसम्म ३४ लाख ६२ हजार ३४० जनाले कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १४ लाख ५७ हजार ६७० जनाले दुवै डोज खोप लगाएका छन् ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0