कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

एक हजार हाँसले धान खेत गोड्दै

 झापामा धान गोड्न हाँस प्रयोग गरिएको छ । निजी क्षेत्रबाट स्थापना भएको राष्ट्रिय खाद्य बैँक लिमिटेडले बर्दिया, झापा लगायतका जिल्लामा धान गोडमेलका लागि हाँस पालनको अवधारणा ल्याएको थियो ।

बिज्ञापन

सोही अनुसार झापा गौरादहका धनन्जय चुँडालले एक हजार हाँस पालन गर्नुभएको छ । ३ बिगाहभन्दा धेरै क्षेत्रफलमा धान खेती गर्नुभएका उहाँले धान खेती र हाँसपालन एकसाथ गर्नुभएको छ ।

आहाराको खोजीमा हाँसले धान खेतमा रहेको झार चुच्चोले र खुट्टाले चलाउँछन् जसले गर्दा आलीमा पनि झार नदेखिएको किसान चुँडालले बताउनुभयो ।

बिज्ञापन
No data was found

एक हजार हाँसले एक दिनमा १ बिगाह खेत गोडमेल गर्ने भएपछि चुँडाललाई अर्मपर्मका लागि गाउँलेहरूलाई गुहार्नु परेको छैन ।

बिज्ञापन
No data was found

धान रोपेको २२ देखि २५ दिनपछि मात्र धान खेतमा हाँस छोड्न मिल्छ । यसरी छोड्न सुरु गरिएका हाँस धानको प्रजाति अनुसार फूल खेल्नु अघिसम्म लगभग चार महिनासम्म छोड्न सकिन्छ ।

राष्ट्रिय खाद्य बैँकका अनुसार यो अवधिमा एउटा हाँसले ४ किलोसम्म मल दिन्छ । परीक्षणको रूपमा अपनाइएको यो प्रविधिप्रति किसानहरूको चासो बढेको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0