काठमाडौं: संसदीय समितिले अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल चलाउने भएको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एमसीसीमा उठेका सवालका विषयमा छलफल चलाउने भएको हो । समिति सभापति पवित्रा निरौला खरेलले यो विषय गम्भीर भएकाले आगामी बैठकमा छलफल चलाइने बताइन् ।
‘एमसीसीबारे जनस्तरमा पनि प्रश्न उठेको छ । यो विषय अब आगामी बैठकको एजेण्डाका रुपमा लैजान्छौं ।’ उहाले भन्नुभयो |
मंगलबार समितिमा भएको छलफलमा सहभागी सदस्यहरुले एमसीसीका विषयमा जनमतसंग्रह गर्नुपर्ने, एमसीसी मुख्यालयलाई पठाइएको पत्रबारे समितिले छानविन गर्नुपर्ने विषयहरु उठाएको सभापति खरेलले बताइन् ।
साभार : पत्रपत्रिका
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0