कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

एमसीसी हुन्न भन्ने सांसद चार जना

काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको छ ।

बिज्ञापन

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि निर्णाथ पेस गरिदा सत्ता पक्षका अधिकांश सांसदले पक्षमा हात उठाएका थिए ।

हुन्न भन्ने पक्षमा भने चार जना सांसदले मात्रै हात उठाए । प्रमुख प्रतिक्षप एमालेले यसअघि झैं संसद अवरोधलाई कायम गरेको भए पनि एमालेकै दुई सांसद भीम रावल र झपट रावलले एमसीसी पास गर्न नहुने पक्षमा हात उठाए ।

बिज्ञापन

त्यस्तै एमसीसीको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि विपक्षमा हात उठाए ।

बिज्ञापन

साभार : नेपाल प्रेस

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0