कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

एमालेले अवरोध गरे पनि एमसीसी टेबल हुन्छ : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जस्तोसुकै परिस्थितिमा अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल हुने बताएका छन् ।

बिज्ञापन

अहिले बस्ने प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्ने जनाएको छ । आफ्नो माग पूरा नभएको भन्दै एमालेले अवरोध कायमै राख्ने जनाएको छ ।

तर कांग्रेस प्रवक्ता महत भने एमालेको अवरोधका बीच पनि टेबल हुने बताउँछन् । ‘जस्तोसुकै परिस्थिति भए पनि अगाडि बढ्छ । टेबल हुन्छ । गठबन्धनका दलहरु एकमत छन् । पार्टीभित्रको विवाद कुरा सामान्य हो,’ उनले अन्नपूर्णसँग भने ।

बिज्ञापन

महतले नेपालको सडक र विद्युत प्रसारण लाइनका लागि आएको सहयोग परियोजनामा छरिएका भ्रम पनि टेबल भएसँगै निवारण हुने दाबी गरे । ‘दुधको दुध पानीको पानी सदमा हुन्छ । भ्रमको पर्दा खुल्छ  । ७२ घण्टा दिएर छलफल हुन्छ,’ उनले भने ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0