कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

एमाले अध्यक्ष ओली यसकारण आज बौनिया आउदै

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलाली को बौनिया मा बिहान १० बजे आउने कार्यक्रम रहेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम प्रदेश आउन लागेका हुन् ।

बिज्ञापन

बिहीबार बर्दगोरिया को बौनिया र कैलालीका तीन ठाउँमा चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हाे। कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी मा आयोजना हुने आमासभाको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले जानकारी दिए ।

उनका अनुसार ओली हेलिकप्टरमार्फत सुरुमा बर्दगोरियाको कार्यक्रममा सहभागी हुनेछन् ।

बिज्ञापन

त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्चमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।

बिज्ञापन

त्यसपछि उनी धनगढीको कार्यक्रमलाई सम्बोधन गर्न जाने तालिका छ। ओलीले विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0