कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

एसईईमा ९३.६४ प्रतिशतको ग्रेडिङ

: राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेको छ। रजिस्ट्रेसन फारम भरेकामध्ये ९३.६४ प्रतिशत विद्यार्थीको ग्रेडिङ गरी परीक्षाफल प्रकाशन गरिएको हो।

बिज्ञापन

४ लाख ८४ हजार २ सय ७८ जनाको परीक्षाफल प्रमाणीकरण गरिएको बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक चेतनाथ शर्माले बताए। रजिस्ट्रेसन फारम भरेकाको संख्या ५ लाख १७ हजार १ सय २२ थियो।कोरोना महामारीका कारण वैकल्पिक विधिबाट विद्यार्थीको मूल्यांकन गरिएको हो।

शर्माले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ अनुसार परीक्षाफल सार्वजनिक गरिएको बताए। विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनपछि जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय एकाइबाट प्रमाणित भई आएको परीक्षाफललाई कार्यविधिअनुसार प्रमाणीकरण गरिएको शर्माले बताए।

बिज्ञापन
No data was found

भने, ‘विद्यालयबाट मूल्यांकन र स्थानीय शिक्षा विकास तथा समन्वय एकाइबाट प्रमाणित भएर आएकाले यस वर्ष बोर्डबाट ग्रेडिङ विश्लेषण गरिएन ।’त्यसैले यस वर्ष नतिजा प्रमाणीकरणपश्चात् पुनर्योग तथा पूरक ग्रेड वृद्धि परीक्षासम्बन्धी कार्य हुँदैन।’ उनले परीक्षाफल प्रमाणीकरणमा सकभर त्रुटि हुन नदिन अधिकतम प्रयास गरिएको बताए।

बिज्ञापन
No data was found

तर, कुनै कारणले त्रुटि भए सम्बन्धित विद्यालयको सिफारिससहित सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा ३५ दिनभित्र निवेदन दिन सकिने उनले बताए।

एसईई २०७७ मा  सुदूरपश्चिमका ५५ हजार २ सय ९८ जना विद्यार्थी एसईई उत्तीर्ण भएका छन .

नदिएको परीक्षामै ग्रेडिङ !
परीक्षा नदिएको विषयमा पनि ग्रेडिङ गरिएको पाइएको छ। अनिवार्य गणितमा प्रयोगात्मक परीक्षा हुँदैन। तर, बोर्डले शनिबार सार्वजनिक गरेको परीक्षाफलमा अनिवार्य गणितको प्रयोगात्मकमै ग्रेडिङ गरेको पाइएको हो।

परीक्षाफलको ग्रेड सिटमा अनिवार्य गणितको प्रयोगात्मकमा ग्रेडिङ नम्बर पाएका रमण सापकोटाले आफू अन्योलमा परेको सुनाए। उनले सुरुमा परीक्षाफल आफ्नो नभएको हो कि भनी झुक्किएको समेत सुनाए।

‘सिम्बोल नम्बर र जन्ममिति सबै मिल्छ। विद्यालयको नामसमेत मिल्छ’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘तर ग्रेडिङ सिटमा परीक्षामै नदिएको अनिवार्य गणितको प्रयोगात्मकमा पनि ग्रेडिङ गरिएको देखेर झुक्किएँ, दोहोर्‍याई तेहेराई परीक्षाफल हेरेँ केही फरक भएन। अन्योल बढ्यो।’

उनले विद्यालयले पो त्रुटिपूर्ण ग्रेडिङ गरेको हो कि भनी विद्यालय र विषय शिक्षकसँग बुझ्दा बोर्डबाटै त्रुटि भएको जानकारी दिएको सुनाए।

उनका पिता रेवती सापकोटाले बोर्डको त्रुटिपूर्ण परीक्षाफलबाट आफू अचम्मित भएको प्रतिक्रिया दिए। परीक्षाफल सोचेजस्तै आए पनि अनिवार्य गणितमा प्रयोगात्मकमा ग्रेडिङ गर्दा मन अमिलो बनाएको रमणले बताए।

‘सोचेअनुसारको परीक्षाफल आएर छोरो खुसी र उत्साहित भएका थिए’, सापकोटाले भने, ‘तर परीक्षा नै नदिएको अनिवार्य गणितको प्रयोगात्मकमा ग्रेडिङ भएर आएको देखेर मन नै अमिलो बनाए।’

अनिवार्य गणितको प्रयोगात्मकमा ग्रेडिङ भएर आएको देखेर प्रधानाध्यापक तथा विषय शिक्षकहरूसमेत अचम्मित भएका छन्। एसईईमा अनिवार्य गणितसँगै ऐच्छिक विषयतर्फ ऐच्छिक गणित र अर्थशास्त्रमा प्रयोगात्मक परीक्षाको व्यवस्था छैन। तर, अनिवार्य गणितको प्रयोगात्मकमा ग्रेडिङ भएर परीक्षाफल आउनु बोर्डको कमजोरी रहेको उनीहरू बताउँछन्।

‘एसईईमा अनिवार्य गणितमा प्रयोगात्मक परीक्षा छैन’, भक्तपुरको वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले भने, ‘नभएको परीक्षामा कसरी ग्रेडिङ भयो त्यो त राष्ट्रिय परीक्षा बोर्डले भन्ने कुरा हो।’ उनले विद्यालयबाटै नजाने ग्रेडिङ बोर्डले कसरी हाल्यो भन्दै उल्टै प्रश्न गरे। भक्तपुरकै मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बोर्डबाट कमजोरी भएको हुनुपर्ने बताए। बोर्डबाटै एसईईको मूल्यांकन गर्ने फम्र्याट आएकाले विषय शिक्षक वा विद्यालयबाट त्रुटि हुने सम्भावना नभएको उनले सुनाए।

‘विषय शिक्षक वा विद्यालयबाट त्रुटि भए पनि अन्तिम निर्णय दिने त बोर्ड नै हो’, उनले भने, ‘तर यहाँ बोर्डबाटै त्रुटि भएको देखियो।’ यसप्रति अभिभावक र परीक्षार्थीले सामाजिक सञ्जालमा आपत्ति जनाएपछि बोर्डले वेबसाइटमा नतिजा सच्याएको स्रोतले बतायो। 

बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले भने आफूहरूको वेबसाइटमा कुनै त्रुटि नभएको र उक्त त्रुटिबारे अहिलेसम्म कुनै जानकारी नआएको प्रतिक्रिया दिए। उनले त्यस्तो त्रुटि नहुनुपर्ने समेत बताए। अध्यक्ष पौडेलले अरू सेवाप्रदायक संस्थालाई दिएको परीक्षाफलमा गल्ती गरेको हुन सक्ने भन्दै बोर्डको आधिकारिक वेबसाइटमा हेर्न सुझाए।

‘खोई त्यस्तो त्रुटिबारे हामीलाई थाहा छैन, त्यस्तो त नहुनुपर्ने हो’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अरू कसैलाई दिएकोमा उसले रिजल्ट हाल्ने बेला गल्ती गर्‍यो होला। हाम्रो आधिकारिक वेबसाइटमा हेर्नुहोला।’

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0