नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार सुदूरपश्चिम पुगेका छन्। बौनियामा आयोजित चुनावी सभालाई अहिले सम्बोधन गरिररहेका छन्।
ओलीले चुनावी सभालाई सम्बोधन गरिरहँदा ‘सर्प’ निस्किएपछि केहीबेर सभा प्रभावित भएको छ।
गठबन्धन र त्यससँग सम्बन्धित दलको कडा आलोचनामा उत्रिएका ओलीले भाषणकै क्रममा मानिसहरु कराउन थालेपछि रोक्न खोजेका थिए।
बिज्ञापन
No data was found
ओलीले भीड तितबरबितर भएपछि आफ्नो पक्षमा नारा लगाउन लागेको शंका गरे। उनले भने,‘मैले बोलिसकेपछि नारा लगाउनुहोला एकछिन बस्नुस् न!’
बिज्ञापन
No data was found
तर, ओलीको भाषण सुनेकाहरुका अगाडि सर्प आएको थियो। त्यो कुरा ओलीलाई केहीबेरमै रिपोर्टिङ भयो।
लगत्तै, भाषण गरिरहेका ओली केहीबेर रोकिए। ओलीलाई पोडियमा पुगेर एक सहयोगीले ‘सर्प आयो रे!’, त्यसपछि उनी केहीबेर रोकिए।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0