राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मिति तोकेको छ । बोर्डको बैठकले ०७९ जेठमा गर्ने निर्णय गरेको छ। शैक्षिक सत्रलाई असर नगर्ने गरी परिक्षाको मिति तोकिएको हो । आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
‘जेठ १६ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भयो,’ उनले भने, ‘थप विवरण बोर्डको वेबसाइटमा राख्छौं।’ परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ। बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने बताएको छ।
यो पनि अध्यादेश ल्याएर संवैधानिक परिषदसम्बन्धी कानुन संशोधन र त्यसअनुसार भएका नियुक्तिविरूद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैलाई सरेको छ।
एक वर्षअघिदेखि परेका रिटमाथि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले सुनुवाइ थालेको थियो।
रिट निवेदकमध्ये ओमप्रकाश अर्यालका अनुसार रिट निवेदकमध्येबाट आज दिनभरि तीन वकिलहरूले बहस गरेका थिए। अर्को पक्षलाई इजलासले १ घण्टाको समय दिएको पनि उनले बताए।