कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कक्षा १२ को परीक्षा स्थगित

Facebook
Twitter
WhatsApp

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। 

बिज्ञापन

शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ।

शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ।

बिज्ञापन

बोर्डको अहिले जारी बैठक सकिएपछि औपचारिक रूपमा निर्णय सार्वजनिक गरिने अधिकारीहरूले बताएका छन्। यसअघि शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए। 

बिज्ञापन

परीक्षा अगावै सहभागी हुने सबैलाई खोपको व्यवस्थापन गर्न र परीक्षा केन्द्रहरूमा हेल्थ डेस्कको व्यवस्था गर्न आग्रह गरिएकोमा स्वास्थ्य मन्त्रालयले त्यो हाललाई सम्भव नभएको जबाफ पठाएको थियो।

विज्ञापन अब परीक्षा हुनुभन्दा १५ दिनअघि सूचना निकालिने बोर्डले जनाएको छ। यसअघि शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो। 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0