कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कञ्चनपुरको दक्षिणी क्षेत्रका नागरिक बाघको त्रासमा

 कञ्चनपुरको दक्षिणी क्षेत्रका नागरिक बाघको त्रासमा छन्। भारतको दुधुवा टाइगर रिजर्वबाट बाघ नेपाली बस्तीमा आउन थालेपछि उनीहरु त्रासमा छन्। पछिल्लो दुई हप्तादेखि जिल्लाको पुनर्वास र बेलौरी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा दैनिक बाघ देखिन थालेको हो। 

बिज्ञापन

गत साता दुधुवामा घाँसदाउराका लागि गएकी पुनर्वास नगरपालिकाकी २३ वर्षीया कलसा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको थियो। अन्य महिलाले भागेर ज्यान जोगाएका थिए। त्यसको तेस्रो दिन भारततर्फ एक पुरुषको पनि बाघकै आक्रमणबाट मृत्यु भएको थियो।

त्यसयता पुनर्वास र बेलौरीमा दिउँसै नियमित बाघ देखिइरहेको स्थानीयले बताएका छन्। सो क्षेत्रमा दिउँसोसमेत एक्लै हिँड्न डराउनुपर्ने अवस्था आएको स्थानीयले बताएका छन।

बिज्ञापन
No data was found

टाइगर रिजर्वसँग जोडिएको बेलौरीको वैशाखा, फटिया, बिनापुरीलगायत क्षेत्रमा दिनहुँ बाघ देखिन थालेको हो। रातिको समयमा समेत बाहिर हिँडडुल नगर्न नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले नगरपालिकाले सूचना सार्वजनिक गरेको बताए। उनले भने, ‘धेरै ठाउँमा बाघ देखिएको छ।

बिज्ञापन
No data was found

रातिको समयमा हिडडुल नगर्न भनेका छौ। सूचना निकालेका छौ। दिउसो पनि एक्लै नहिड्न भनेका छौ। वनका कर्मचारीसँग कुनै छलफल भएको छैन।’ कञ्चनपुरको दक्षिणी क्षेत्रमा ठुल्ठूला उखुबारी छन। तिनै उखुबारीबाट बाघ बस्तीमा आउने गरेको छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0