कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कर्णालीमा हाम फालेको भिडियो यस्तो, बेपत्ता भएका व्यक्ती अझै भेटिएनन्

Facebook
Twitter
WhatsApp

कैलालीको कर्णाली चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका किशोर अझै फेला परेका छैनन्। शनिबार जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका थिए।

बिज्ञापन

उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले बताएको छ। उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

उनीसँगै हामफालेका १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय बिरेन्द्र सिँहको त्यतिबेलै उद्वार गरिएको थियो। प्याकुरेललाई उपचारका नेपालगञ्ज लागि लगिएको छ। उनको छातिमा चोट लागेको कैलाली प्रहरीले जनाएको छ। 

बिज्ञापन

शनिबार बेपत्ता भएका किशोरसहित ८ जना विद्यार्थीको समूह चिसापानी गएका प्रहरीले बताएको छ। तर ती मध्ये खड्काले किन कर्णालीमा हामफालेको भन्ने एकिन भएको छैन। 

बिज्ञापन

प्रारम्भिक अनुसन्धानबाट सुरुमा हामफालेका सञ्जय खड्कालाई बचाउन लोकेश प्याकुरेल र बिरेन्द्र सिँह हामफालेको खुलेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।  

चिसापानी पुलमा दैनिक टिकटक बनाउनेहरुको भीड लाग्ने गरेको छ। तर उनीहरु भने कुनै भिडियो नबनाइरहेको अनुसन्धानबाट खुलेको छ। 

यता साथीहरु ले चाही टिकटक को लागि हाम फलेको होला भन्ने कुराहरु आइरहेका छन |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0