कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कर्णाली नदीमा पानीको मात्रा बढ्यो, सतर्क रहन आग्रह

लम्की : आइतबार साझ देखि देशभर लगायत सुदूरपश्चिममा आइरहेको अविरल वर्षा को कारण कर्णाली नदीमा समेत प्रभाव परेको छ |

बिज्ञापन

लगभग ३ दिन को बर्षादले गर्दा कर्णाली नदीमा पानीको सतह बढेको देखिन्छ | कार्तिक २ गते मंगलबार बिहानको मापन हेर्दा चिसापानी जलमापन केन्द्र मा पानीको सतहले १०.२० मीटर पार गरेको देखिएको हो |

१० मिटर भन्दा माथी को मापन लाई चेतावनी तहमा राखिएकोले मापन केन्द्रले कर्णालीको तल्लो भेगमा बसोबास गर्नेहरुलाई सतर्क रहन समेत आग्रह गरेको छ |

बिज्ञापन

देशैभरको मौसम मा आएको यो परिवर्तन सफा हुन अझै २४ घण्टा भन्दा बढीको समय लाग्ने जल तथा मौसम पूर्वानुमान शाखा ले जनाएको छ |

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0