कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कर्णाली नदीमा बेपत्ता भएका ३ जनाको उद्दार

Facebook
Twitter
WhatsApp

कर्णाली नदीमा माछा मार्न गएका कैलालीका ३ जना भेटिएका छन्।

बिज्ञापन

कैलाली जानकी गाउँपालिका–९ र बर्दिया जिल्लाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुबाट तिनै जनाको सकुशल उद्दार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

२ दिनअघि सोमबार माछा मार्न भन्दै गएका लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका थिए। उनीहरुको खोजी कार्यको लागि स्थानीय १० जनाको टोली खटिएको थियो। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0